विश्वभर कोरोनाका कारण ६२ लाखको मृत्यु

धादिङ,११ बैशाख। 

विश्वभर कोरोना भाइरसको सङ्क्रमणको कारण ६२ लाख ४२ हजार मानिसहरूको मृत्यु भएको छ । 

विश्वका कतिपय देशमा कोरोनाको सङ्क्रमणदर फेरि बढिरहेको छ । विश्वभर कोरोना सङ्क्रमित हुनेको दर भने ५० करोड ९२ लाख ६८ हजार पुगेको छ ।

सङ्क्रमितमध्ये ४६ करोड १८ लाख २७ हजार मानिसहरू भने उपचारपछि निको भएका छन् । इटालीमा फेरि कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिन थालेको छ । इटालीमा एकै दिन ७० हजार मानिसमा सङ्क्रमण देखिएको तथा १४३ जनाको मृत्यु भएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । 

इटालीमा कोरोनाका कारण अहिलेसम्म १ लाख ६२ हजार ६०९ जनाको मृत्यु भइसकेको छ । यस्तै भारतमा पनि कोरोना सङ्क्रमित बढ्न थालेका छन् । भारतमा दैनिक २ हजार भन्दा धेरैको सङ्ख्यामा कोरोनाका सङ्क्रमित थपिन थालेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्