नीलकण्ठको मेयरमा भीम प्रसाद ढुंगाना सत्ता गठबन्धनको साझा उम्मेदवार

धादिङ, १२ बैशाख ।
धादिङको नीलकण्ठ नगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट भीम प्रसाद ढुंगानालाई उठाउने निर्णय गरेको छ ।

नेपाली काँग्रेसको भागमा परेको नीलकण्ठ नगरपालिकामा भीम प्रसाद ढुंगानालाईनै पुनः निरन्तरता दिने निर्णय भएसँगै दोस्रो कार्याकालको लागि उम्मेदवारी दिन लाग्नुभएको हो ।

नगरको विकासमा महत्वपुर्ण भुमिका खेल्नुभएको ढुंगानाले आफ्नो कार्यकालमा नगरपालिकालाई विभिन्न विधाहरुमा उत्कृष्ट बनाउन सफल हुनुभएको थियो ।केन्द्रमा राम्रो पहुँच बनाउनु भएका उहाँले दातृ निकायबाट बजेट ल्याएर नीलकण्ठमा विकासको खाका कोर्नुभएको छ ।

राष्ट्रिय पुरस्काबाट पुरस्कृत भएको यस नगरपालिकाको बाँकि काम पुरा गर्न र नगरपालिकालाई देशकै नमुना नगरपालिका बनाउनको लागि आफुले पुनःमेयरको पदमा उम्मेदवारी दिएको बताउनुभयो ।

अधुरा काम पुरा गर्नको लागि पुन नगरपालिकाको मेयरमा आएको भन्दै ढुंगानाले नगरको समग्र विकास गर्नको लागि एक पटक पुन मत दिएर बिजय गराउन समेत आग्रह गर्नुभएको छ ।

स्थानीय तह निर्वाचन २०७४ मा अत्याधिक मतका साथ विजयी हुँदै देशभरको नगरपालिका मध्ये नीलकण्ठ नगरपालिकालाई उत्कृष्ट बनाउन सफल भिम प्रसाद ढुङ्गाना विकास प्रेमी नेताको रुपमा चिनिन भएको छ ।

०७४ सालको चुनावमा ढुङ्गानाले अत्याधिक १३ हजार १६६ मत ल्याएर विजयी हुनुभएको थियो ।आफु निर्वाचित भए सँगै नियमित वजेट भन्दा बाहिरबाट अरबौं बजेट नीलकण्ठ नगरपालिकामा ल्याउन सफल मेयर ढुङ्गानाको लोकप्रीयता नीलकण्ठमा झनै बढेर गएको देखिन्छ ।

यो पटक ३ वटा पार्टीहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको साझा उम्मेदवारका रुपमा ढुङ्गानाले आज नीलकण्ठको मेयर पदमा उम्मेदवारी दिन लाग्नुभएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्