जिप दुर्घटनामा १३ जना घाइते

दाङ, १५ वैशाख ।

यात्रुबहाक जिप दुर्घटनामा परि दाङमा १३ जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका-३ चोरखोलामा बिहीबार दिउँसाे राेल्पाकाे जुँगारबाट दाङकाे तुलसीपुर आउँदै गरेकाे जीप दुर्घटनामा परेकाे हाे । 

घुम्ती बाटोमा जीपको गति तीव्र भएकाले दुर्घटनामा परेकाे हुनसक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । घाइते १३ जना मध्ये तीन जनालाई थप उपचारका लागि कोहलपुर लगिएको छ ।

केही घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्