३० वैशाखमा सार्वजनिक बिदा दिन सरकारसँग आयोगको सिफारिस  

काठमाडौं, १५ वैशाख। 

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।

३० वैशाखमा देशभर सार्वजनिक बिदा दिन सरकारसँग सिफारिस गरेको हो । त्यसका लागि निर्वाचन आयोगले मुख्य सचिवमार्फत सरकारलाई अनुरोध गरिएको छ । 

विगतमा पनि मतदानको दिन सार्वजनिक बिदा दिने गरिएको थियो । यसपटक पनि मतदानको दिन सार्वजनिक बिदाका लागि सरकारसँग सिफारिस गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । यो विषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्