आफूले पाउने भत्ता सामाजिक काममा लगाउने बेनिघाटका खड्काको प्रतिवद्धता

धादिङ,१६ बैशाख ।
नेकपा एमालेबाट वडा अध्यक्षको उम्मेदवार बन्नुभएका बेनिघाट रोराङ्ग गाउँपालिका वडा नम्बर ९ का देवि बहादुर खड्का(भिमसेन)ले तलबभत्ता सामाजिक काममा लगाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

पार्टीको कार्यकर्ता भएकोले उहाँहरुले आफूले पाउने तलब र भत्ता बापतको रकम वडाका गरिबहरुका लागि खर्च गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । खड्काले आफूले वडा अध्यक्षबाट प्राप्त तलबभत्ता सामाजिक कार्यमा लगाउने घोषणा गर्नुभएको बेनिघाटबाट इन्द्र त्रिपाठीले बताउनुभएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्