गायक प्रमोद खरेलको ‘मायाको नाटक’मा गरिमा र विक्रमको अभिनय

काठमाडौं, १६ वैशाख ।

गायक प्रमोद खरेलको स्वर रहेको मायाको नाटक बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

दिनेश राज पुरीको शब्द सृजना रहेको गीतमा नविन कार्कीको संगीत छ । विशाल निरौलाको एरेन्ज र मिक्सिङ रहेको गीतको त्रिकोणत्मक प्रेम कथामा आधारित भिडियोमा गरिमा शर्मा, विक्रम बुढाथोकी र संगम मल्ल ठकुरीको अभिनय देख्न सकिन्छ । 

प्रेमीकाले धोका दिएर प्रेमीलाई घाइते बनाएको कथालाई निर्देशक बिक्रम चौहानले कलात्मक तरिकाले भिडियोमा देखाएका छन् । प्रकाश खड्काको छायांकन रहेको भिडियो गायक सुभाष पुरीको प्रस्तुतिमा तयार भएको हो ।

गीतको भिडियो लिंक  https://www.youtube.com/watch?v=m3AJYHl8S_I

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्