देशभर १७ संक्रमित थपिए, थप १७ जना स्वस्थ

धादिङ,२२ बैशाख

देशभर थप १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घन्टामा देशभर ३ हजार ८११ नुमना परीक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

जसमा २ हजार ३७६ आरटी पिसिआर विधिबाट परीक्षण गर्दा १५ जना र १ हजार ४३५ एन्टीजेन परीक्षणमा २ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घन्टामा १५ जना स्वस्थ भएका छन् भने मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

योसँगै हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९ सय ५२ जनाले ज्यान गुमाएका छन् । देशभर सक्रिय सङ्क्रमितको सङख्या २ सय १७ रहेको छ । देशभर आजसम्म ११ लाख १९ हजार ७९ कोभिड संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्