धादिङबेशीमा शुक्रबार ८२ जनाले गरे रक्तदान

धादिङ,०६ जेठ ।

महालक्ष्मी विकास बैँक लिमिटेडको २८ औँ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

महालक्ष्मी विकास बैँक लिमिटेडको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा धादिङ अस्पतालमा भएको रक्तदान कार्यक्रममा ५ महिला र ७७ पुरुष गरी ८२ जनाले रक्तदान गर्नुभएको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बिगतको बर्षमा दलित तथा अन्य न्युन आय भएकाहरुलाई आर्थिक सहयोग गर्दै आएकोमा बैकले यस बर्ष धादिङको आवश्यकतालाई मध्यनजर गर्दै मानिसको जीवनलाई सार्थकता बनाउन सहयोग पुगोस भनेर बैकको सामाजिक उत्तरदायित्व अन्तरर्गत रहि बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको महालक्ष्मी बिकास बैक धादिङबेशीका शाखा प्रमुख खिल प्रसाद सिलवालले बताउनु भयो।

धादिङमा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ। जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको छ ।

No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्