माल्दिभ्सकाे उषाको टिमविरुद्ध कामना सम्मिलित पुलिसको जित

काठमाडौं, १५ जेठ । 

माल्दिभ्समा जारी भलिबल एसोसियसन कप २०२२ प्रतियोगितामा नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना विष्टसम्मिलित पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । 

शनिबार राति भएको खेलमा कामनाको टिमले अर्की नेपाली स्पाइकर उषा भण्डारी सम्मिलित धिवेही सिफाइन्ज क्लबलाई सोझो सेटमा पराजित गरेकाे हाे । पुलिसले सेट २५–१५, ३१–२९, २५–१९ ले आफ्नो पक्षमा पार्‍याे । 

सिफाइन्जको प्रतियोगितामा पहिलो हार हो । उसको दुई खेलबाट तीन अंक छ । पुलिसको लगातार दोस्रो जितसँगै ६ अंक भएको छ । 

नेपाल पुलिस क्लबका खेलाडी द्वय पहिलो पटक विदेशी लिगको अनुभव बटुल्दै छन् । जुन लिगमा १० टिमको सहभागीता रहेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्