काठमाडौं, १६ जेठ
दिउँसो मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकीका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति मधेश प्रदेशका थोरै भूभागमा हल्कादेखि मध्यम तथा प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मंगलबार प्रदेश १, बागमती र गण्डकीका एक-दुई स्थानमा वर्षाको सम्भावना छ ।
नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।