२१ शव भेटियो, १० वटा नेपाली सेनाले काठमाडौं लग्यो

पोखरा, १६ जेठ।

तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका २२ मध्ये २१ शव फेला परेको छ । अझै एउटा शव फेला पर्न नसकेको उद्धार टोलीले जनाएको छ ।

नेपाली सेनाको हेलिकोप्टरले १० वटा शव काठमाडौं लगिसकेको छ । ११ शव अझै पनि घटनास्थलमा रहेको छ ।

खराब मौसमका कारण हेलिकोप्टर झर्न नसकेकाले संकलन गरिएका शव काठमाडौं लान नसकेको नेपाली सेनाले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्