धादिङ,२८ जेठ ।
निर्माण सामाग्री व्यवसाय संघ धादिङको अध्यक्षमा नविनकुमार श्रेष्ठ चयन हुनुभएको छ । शनिबार धादिबेशीमा सम्पन्न भएको अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
कार्य समितिको उपाध्यक्षमा अर्जुन रुपाखेती, सचिवमा रोहित भण्डारी, कोषाध्यक्षमा सन्तोष गिरी, सदस्यहरुमा किरणलाल श्रेष्ठ, सीताराम अर्याल, ध्रुव रुपाखेती, रमेश ढकाल र तिलक ढुङ्गाना चयन हुनुभएको छ ।