धादिङ,३२ असार।
धादिङको गल्छी गाउँपालिका–८ कोल्पुखोलामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
शनिबार दिउँसो काठमाण्डौबाट त्रिशुली तर्फ जादै गरेको बा.४ ख ९२९६ नम्बरको बसले नुवाकोटबाट गल्छी तर्फ आउदै गरेको बा.५६ प २४९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँँ मोटरसाइकलका चालक सोही गाउँपालिका–१ कल्लेरी बस्ने १८ वर्षीय सुनिल ठकुरीको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अम्बे भरोसा अस्पताल गल्छीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।