धादिङ,२८ साउन।
अनिल नेपाली
धादिङमा आर्थिक बर्ष ०७७/०७८ मा भन्दा आर्थिक बर्ष ०७८/०७९ मा आत्महत्या गर्नेको संख्या घटेको छ । आर्थिक बर्ष ०७७/०७८ मा जिल्लामा १४२ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाएको छ । तर आर्थिक बर्ष ०७८/०७९ मात्यो संख्या घटेको ९७ मा झरेको छ । कोरोना समयमा बढेको आत्महत्या दर अहिले विस्तारै घट्दै गएको छ ।
कोभिडको समयमा महिनामा धादिङ जिल्लामा औषतमा १२ जनाले आत्महत्या गरेको देखिन्छ । आत्महत्याको प्रयास गर्नेमा महिला बढी भएपनि मर्नेमा भने बढी पुरुषको तथ्यांक रहेको छ ।
धादिङमा गत आर्थिक वर्ष २०७८/०७९ मामात्रै ९७ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार गतवर्ष ५४ जनापुरुष र ४३ जनामहिला गरी ९७ जनाले आत्महत्या गरेका छन् । सबैभन्दा बढी झुण्डिएर ७५ जनाले आत्महत्या गरेका छन् । यस्तै विष सेवन गरेर १९, हामफालेर २ जना र हातहतियार औजार प्रयोग गरेर एक जनाले आत्महत्या गरेका छन् ।
धादिङको १३ स्थानिय तह मध्ये गतबर्ष सबैभन्दा बढि नीलकण्ठ नगरपालिकाका १७, बेनिघाट रोराङका १५, थाक्रेका १४, धुनीबेशीका १३, गल्छीका १२, त्रिपुरासन्दरी ८, ज्वालामुखी ७, सिद्धलेक ३, गंगाजमुना २, गजुरी र नेत्रावती डवजोङका १/१ जनााले आत्महत्या गरेकाधादिङ प्रहरीले जनाएको छ ।
विगत तिन वर्षको तथ्याङ्क हेर्दा
विगत तिनवर्षमा जिल्लामा आत्महत्या गर्नेको संख्या ३ सय ३५ रहेको छ।आर्थिक वर्ष ०७६/०७७मा ९६, आर्थिक वर्ष ०७७/०७८ मा १४२ जनाले आत्महत्या गरे । प्रहरीको तथ्याङ्कअनुसार गत तिन वर्षमा झुण्डिएर दुई सय ५५, विष सेवन गरेर ७४, हाम फालेर ४ र घाँटी रेटेर २ जना गरी ३३५ जनाले आत्महत्या गरेका छन् । जसमा महिला १३७ र पुरुष १९८ रहेका छन् । आर्थिक बर्ष ०७७/०७८ को तुलनामा गत आर्थिक वर्ष ०७८/०७९ मा आत्महत्या गर्नेको संख्यामा केही कमी आएको देखिन्छ ।
०७६/०७७ मा झुण्डिएर ७१, विष सेवन गरेर २३, हाम फालेर १ र घाँटी रेटेर १ जनाले आत्महत्या गरेका छन् । यस्तै आर्थिक वर्ष ०७७/०७८ मा झुण्डिएर १०९, विष सेवन गरेर ३२, हामफालेर १ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ । आत्महत्या गर्नेहरुमा झुण्डिएर आत्महत्या गर्नेको संख्या बढी रहेको प्रहरीको तथ्याङ्कले देखाउँछ ।
कुन उमेर समुहका बढि ?
प्रहरीको तथ्याङ्क अनुसार आत्महत्या गर्नेमा सबैभन्दा बढि २५ देखी ४५ बर्ष उमेर समुहका रहेका छन् । बितेको ३ बर्षको तथ्याङ्कलाई १८ बर्षभन्दामूनिका २२ जना, १८ देखी २४ बर्ष सम्मका ६६ जना, २५ देखी ४५ बर्ष सम्मका १४८ जना र ४५ बर्षभन्दा माथिका ९९ जनाले आत्महत्या गरेका छन् ।
यसमध्ये गत आर्थिक बर्ष भने सबैभन्दा बढि ४५ बर्षभन्दा माथिका ४० जनाले आत्महत्या गरेका छन् । ३ बर्षमा ब्राम्हण समुदायका ४९, क्षेत्री ४५, बैश्य १६५ र शुद्र समुदायका ७३ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
आत्महत्या गर्नुको कारण
जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार आत्महत्या गर्नुको प्रमुख कारण पारिवारिक कलह, डिप्रेशन, मानसिक तनाव र प्रेममा धोका पाउनु रहेको छ । गत आर्थिक बर्ष २०७८/७९ मा पारिवारिक कलहका कारण ३, डिप्रेशनबाट ३, मानसिक तनावका कारण ५६ र प्रेममा धोकाका कारण ६ जनाले आत्महत्या गरे ।
बिगतको ३ बर्षको तथ्याङ्कलाई हेर्दा पारिवारिक कलहका कारण १५, डिप्रेशनबाट ६१, मानसिक तनावका कारण १४३ र प्रेममाधोकाका कारण १६ जनाले आत्महत्या गरको देखिन्छ। यीमध्ये पेशाका आधारमा ज्यामी मजदुरी गर्ने ९५ जना, बेरोजगारी ४, बिद्यार्थी २६ जना, कर्मचारी ५, कृषी १८४ र गृहिणी २१ जनाले आत्महत्या गरेको जिल्लाप्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
किन गर्छन मानिसले आत्महत्या ?
प्रियजन गुमाउदा, जागीर गुम्दा, दिर्घ रोग लाग्दा, व्यापार विग्रदा, जीवनमा अकल्पनीय परिवर्तन हुदा, आघात यातनावा हिंसा र सामाजिक बहिस्कृतको कारणले मानिसहरु आत्महत्या गर्ने समेतको निर्णय लिने गरेका सुरक्षितआ प्रवासन सामी परियोजनाका मनोविमर्शकर्ता रामकुमार थापाको भनाई छ ।
पछिल्लो समय बैदेशिक रोजगारको कारण पनि आत्महत्या बढ्नुको कारण बनिरहेको थापाले बताउनुभयो । आत्महत्या गर्ने धेरै जनाले भावनात्मक पिडा सहन नसकेर मृत्युवरण गर्ने निर्णय गरेको भन्दै उहाँले आत्महत्यागर्ने जोखिम भएकाहरुलाई तत्काल उपचारमा लानुपर्ने थापाको भनाई छ ।
आत्महत्या गर्न चाहने व्यक्तिले बाँच्नुमा भन्दा मर्नुमा फाईदा देखेको कारणले आत्महत्या गर्ने निर्णय गर्ने गरेको भन्दै उहाँले त्यस्ता व्यक्तिलाई मायाँ, हौसला, सहयोग गर्नुपर्ने बताउनुभयो ।
कसरी पहिचाहन गर्ने?
आत्महत्या गर्ने नब्बे प्रतिशतभन्दा बढीले योजना बनाएर आत्महत्या गर्ने गरेको तथ्याङकले देखाएको छ । बाँकि १० प्रतिशतले मात्र एकछिन रिस खप्न नसकेर वा आवेगमा आएर मर्ने गरेका छन् । मर्ने मानिसले आफ्नो परिवार तथा साथिभाईहरुलाई कुनै न कुनै माध्यमबाट अभिव्यक्त गरेका हुन्छन् ।
साथै व्यावहारीक समस्या समेत देखीने गर्छ । जस्तै एक्लै बस्ने,दिक्क मान्ने, विरक्त मान्ने, रमाईलोमा नजाने, कोठाभित्र बसीरहने, मर्ने कुरा गर्ने वात्यस्तै विचारहरु सामाजिक सञ्जालमा पोष्ट गर्ने, जिन्दगीनै के रहेछ र भन्ने, आफुसँग भएको बहुमुल्य बस्तुहरु अरुलाई दिनथाल्यो, कुनै पनि कुरामा प्रतिक्रिया नदिने, आफ्नो सरसफाइमा वास्ता नगर्ने, कुनै कुरामा पनि रुचि नदेखाउने जस्ता नैराश्यता झल्काउने लक्षणहरु उनीहरुमा देखिने गर्दछन् । मेरो कोही छैन, म के को लागिबाच्ने भन्ने शव्दहरु व्यक्तगर्ने गरेका छन् ।