धादिङ,०१ भाद्र।
धादिङका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
जिल्लामा गरीएको ५१ एन्टिजेन परिक्षणमध्ये ज्वालामुखी गाउँपालिकामा ७ जना, गंगाजमुना गाउँपालिकामा ३ जना, धुनिबेशी नगरपालिकामा २ जना र नेत्रावती डबजोङ गाउँपालिकामा १ जना गरी जिल्लामा १३ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङकमा उल्लेख गरीएको छ।
हाल सक्रिय संक्रमितको संख्या ११२ पुगेको छ । र संक्रमित सबै होम आईशालेशनमा रहेका छन्।