धादिङ,०२ भाद्र ।
धादिङका थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
जिल्लामा गरीएको ५५ एन्टिजेन परिक्षणमध्ये ज्वालामुखी गाउँपालिकामा ६ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ६ जना, गंगाजमुना गाउँपालिकामा २ जना र धुनिबशी नगरपालिकामा १ जना गरी जिल्लामा १५ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङकमा उल्लेख गरीएको छ।
यस्तै जिल्लाका थप २६ डिस्चार्ज भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १०१ पुगेको छ । र संक्रमित सबै होम आईशालेशनमा रहेका छन्।