धादिङ,११ भदौ ।
अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ धादिङको प्रथम भेला शनिवार धादिङबेसीमा सम्पन्न भएको छ ।माओवादी केन्द्र निकट अखिल नेपाल प्रगतिशील जनस्वास्थ्य कर्मी महासंघको प्रथम भेलाले दिनेश रेग्मीको अध्यक्षतामा ३१ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
बाँकि सबै सदस्य रहने गरी तदर्थ समिति गठन गरीएको र पछि पुन भेलाले नयाँ कार्यसमिति चयन गर्ने नीलकण्ठ नगरपालिकाका जनस्वास्थ्य निरिक्षक विष्णु रिजालले जानकारी दिनुभयो।
प्रगतिशील जनस्वास्थ्यकर्मी याम बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको भेलामा नेकपा(माओवादी केन्द्र) बागमती प्रदेशका सह–सचिव विजय बुर्लाकोटीको प्रमुख आतिथ्य रहेको थियो । माओवादी केन्द्र धादिङका जिल्ला संयोजक मनराज भण्डारी(सैलेश)को विशेष आतिथ्य रहेको कार्यक्रममा जिल्लाभरका प्रगतिशील जनस्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन(निजामती), धादिङका सचिव विक्रम वि.कले सन्चालन गर्नुभएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु रिजालले स्वागत मन्तव्य राख्नुभएको थियो ।