धादिङका थप १२ जनामा कोरोना संक्रमण पुष्टि, ११ संक्रमित निको

धादिङ,१७ भाद्र ।
धादिङमा आज १२ जनामा कोरोना संक्रमण हुदाँ ११ जना संक्रमित निको भएका छन् ।

जिल्लामा गरिएको २९ एन्टिजेन परिक्षणमध्ये नेत्रावती डबजोङ गाउँपालिकामा ४ जना, ज्वालामुखी गाउँपालिकामा ४ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा २ जना, गंगाजमुना गाउँपालिकामा २ जना गरी जिल्लामा १२ कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङकमा उल्लेख गरीएको छ।

हाल धादिङमा सक्रिय संक्रमित एक सय रहेका छन् । संक्रमित सबै होम आईशालेशनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्