काठमाडौँ,२० भाद्र ।
प्रि ओपन सेसनमा नेप्से सूचक १ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक १९७८.३० विन्दुमा आएको छ । ४ लाख १७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
कुल १५ कम्पनीको एक हजार कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा २१ वटा कारोबार भएको छ । ९ कम्पनीको भाउ बढेको छ भने ५ कम्पनीको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।