मंगलबार थप ५४ जनामा कोरोना पुष्टि, ७६ जना निको

धादिङ,११ असोज ।
देशभर पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८२९ को नमूना परीक्षण गरिएको थियो ।

१ हजार ७२९ ले पिसिआर र २ हजार १ सय को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यही अवधिमा ७६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ८६ हजार ४९५ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार १४४ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १७ पुगेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्