अबदेखि राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना गर्न एनभीएको अनुमति लिनुपर्ने

काठमाडौँ, १७ असोज ।
अबदेखि राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना गर्ननेपाल भलिबल सङ्घ (एनभीए) को अनुमति लिनुपर्ने भएको छ । नेपाल भलिबल सङ्घले आज सामाजिक सञ्जाल फेसबुकमार्फत् राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि सङ्घको अनुमति लिनुपर्ने जनाएको हो ।

सङ्घले प्रतियोगिताको मिति सङ्घसँगको परामर्श र सहमतिमा तय गर्नु पर्ने पनि विज्ञप्तिमा उल्लेख गरेको छ । ‘कुनैपनि राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना गर्नु अघि एनभीएको सहमति पत्र प्राप्त गर्न सबै जिल्ला, प्रदेश, क्लब र सम्बन्धित संस्थाहरूलाई जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

सङ्घले कुनै पनि क्लब वा संस्थाले बिना जानकारी एनभीएको लोगो राखेमा वा नाम उल्लेख गरेमा कारबाही गरिने र सङ्घको कुनै पनि गतिविधिमा भाग लिन नपाईने गरि प्रतिबन्ध गरिने जनाएको छ ।सङ्घले राष्ट्रिय खेलाडीहरूलाई एनभीएले मान्यता नदिएको प्रतियोगिता नखेल्न आग्रह समेत गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्