सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि बस्दै छ । यसअघि सोमवार बसेको बैठक निष्कर्षविहीन बनेपछि आज पुनः बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्नेछ । आजको बैठकबाट अन्तिम टुंगो लगाउने तयारी दलहरूको छ।
लामो समयसम्म शीर्ष नेताहरुबीच सहमति नजुट्दा उम्मेदवारका आकांक्षीहरु नै अलमलमा परेका छन् ।