धादिङमा हालसम्म ८५३ जनामा डेंगी संक्रमण, नीलकण्ठका मात्रै ४८१ जना

धादिङ,२० असोज ।
धादिङका थप २९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो २४ घण्टामा ११ पुरुष र १८ महिला गरी २९ नयाँ बिरामी थपिएका छन् । योसँगै गत साउन १ गतेदेखि यता धादिङमा मात्रै डेंगी बिरामीको संख्या ८५३ पुगेको छ । स्वास्थ्य कार्यालयको विवरण अनुसार जिल्लाका ४९१ जना पुरुष र ३६२ महिला गरी कुल ८५३ जनामा संक्रमण पुष्टि भएको छ।

सबैभन्दा धेरै केश नीलकण्ठ नगरपालिकामा ४८१, गजुरीमा ८१ र त्रिपुरासुन्दरीमा ४८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यस्तै धुनिबेशीका ३१, गल्छीका ३०, ज्वालामुखीका २८, बेनिघाट रोराङका २०, सिद्धलेकका १७, थाक्रेका ८, नेत्रावती डवजोङका ५, रुवीभ्यालीका ५ जना र गंगाजमुनाका ३ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म खनियाबास गाउँपालिकामा संक्रमित भेटिएका छैनन् । कुल संक्रमित मध्ये ९२ जनाको ठेगाना खुलेको छैन भने तिन जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य निरिक्षक तोयानाथ छत्कुलीले बताउनुभयो ।

धादिङमा हाल ३ स्थान (धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र) बाट परिक्षण हुदैँ आएको छ ।फाईल तस्विर

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्