२४ घण्टामा ४४ जना कोरोनाका नयाँ बिरामी थपिए

धादिङ,२५ असोज ।
पछिल्लो २४ घण्टामा ४४ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । ५७९ जनाको पिसिआर विधिबाट र १६ सय ४३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यही अवधिमा २९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ८७ हजार ३५३ पुगेको छ।
सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५७५ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १८ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्