धादिङमा डेंगु संक्रमण पुष्टि हुने संख्या एक हजार ८६ पुग्यो

धादिङ, २५ असोज ।
धादिङमा आज ९० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो २४ घण्टामा ५४ पुरुष र ३६ महिला गरी ९० जना डेंगुका नयाँ बिरामी थपिएका हुन् ।

योसँगै गत साउन १ गतेदेखि यता जिल्लामा डेंगु बिरामीको संख्या एक हजार ८६ पुगेको छ । स्वास्थ्य कार्यालयको विवरण अनुसार जिल्लाका ६११ जना पुरुष र ४७२ महिला गरी कुल एक हजार ८६ जनामा संक्रमण पुष्टि भएको छ।

सबैभन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिकामा ६५७, गजुरीमा ८१ र त्रिपुरासुन्दरीमा ५४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
यस्तै धुनिबेशीमा ३१, गल्छीमा ३६, ज्वालामुखीमा ४५, बेनिघाट रोराङमा २०, सिद्धलेकमा २२, थाक्रेमा ८, नेत्रावती डवजोङमा ६, रुवीभ्यालीमा ८ जना, गंगाजमुनामा १२ र खनियाबास गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने तिन जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य निरिक्षक तोयानाथ छत्कुलीले बताउनुभयो । धादिङमा हाल ३ स्थान (धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र) बाट परिक्षण हुदैँ आएको छ । फाईल तस्विर

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्