धादिङ, २८ असोज ।
नेपालमा डेंगु संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएसँगै डेंगु संक्रमणबाट मृत्यु हुनेकोे संख्या ४७ पुगेको छ।
डेंगुका कुल संक्रमतिको संख्या ३८ हजार ९१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। डेङ्गुको संक्रमण हाल ७७ जिल्लामै फैलिसकेको छ।