धादिङ सहित १२ जिल्लामा सीडीओको सरुवा,धादिङमा लम्साल

गृहमन्त्रालयले धादिङ सहित १२ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित १५ सहसचिव तथा उपसचिवको सरुवा गरेको छ। गृहमन्त्रीस्तरीय निर्णय अनुसार बुधबार काज सरुवा गरिएको हो।

धादिङका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालको प्रधानमन्त्री तथा मन्त्रि परिसद कार्यालय र सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायको गृह मन्त्रालयमा सरुवा भएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । त्यस्तै गृह मन्त्रालयमा कार्यरत कृष्ण प्रसाद लम्साललाई धादिङ सरुवा गरिएको छ।

ललितपुरमा घनश्याम उपाध्याय र भक्तपुरमा रुद्रादेवी शर्मालाई सरुवा गरिएको छ।यस्तै, पुन्यविक्रम पौडेललाई गुल्मी, शंकरहरि आचार्य गोरखा र काशीराज दाहाललाई मोरङ सरुवा गरिएको छ। यता, दिपककुमार पहाडीलाई रामेछाप सरुवा गरिएको छ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्