नीलकण्ठमा ६ वटा खानेपानी आयोजना संचालन हुदै:उपभोक्ता समितिलाई निर्माण सामाग्री हस्तान्तरण

mainbatti

नीलकण्ठ नगरपालिका भित्र संचालन हुने खानेपानी आयोजनाको उपभोक्ता समितिहरुलाई निर्माण सामाग्री हस्तान्तरण गरिएको छ।सर्भिस फर पिस नेपाल र नीलकण्ठ नगरपालिकाको संयुक्त साझेदारीमा नगरपालिका भित्र संचालन हुने ६ वटा खानेपानी आयोजनाको लागी नगरपालिका तर्फबाट खरिद गरिएको खानेपानी निर्माण सामाग्री नगरपालिका बाट सर्भिस फर पिसलाई हस्तान्तरण गरिएको थियो।सर्भिस फर पिसले एक कार्यक्रमका बिच ६ वटा खानेपानी आयोजनाका उपभोक्ता समितिहरुलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।

सामाग्री हस्तान्तरण समारोहमा नीलकण्ठ नगरपालिकाका इन्जिनियर कृष्ण ढकाल, सर्भिस फर पिसका केन्दिय सदस्य सम्भु कुमार ठकुरी, सर्फिस फर पिसको इन्टरनेशनल प्रोजेट मेनेजर सानजोङ चोनको उपस्थिति रहेको थियो।सामाग्री हस्तान्तरण समारोहमा बोल्दै सर्भिस फर पिसको इन्टरनेशनल प्रोजेट मेनेजर सानजोङ चोनले नीलकण्ठ नगरपालिकालाई सहयोग र सहकार्यको लागी धन्यवाद प्रकट गरेका थिए ।

सर्भिस फर पिसले कोईकाले आर्थिक सहयोगमा करिब पाँच करोडको लागतमा एक घर एक धारा भन्ने नाराको साथ  नगरपालिकाको वडा न १, २, ४, ५, ९ र १० को ७०२ घरधुरीलाई लाभान्वित हुने गरि खानेपानी आयोजना संचालन गर्न लागेको जनाएको छ।हाल ४ वटा लिफ्टिङ आयोजना र २ वटा ग्राबिटी सिस्टमको गरी ६ वटा आयोजना चालु बर्षभित्र नै सम्पन्न गर्ने लक्ष्यको साथ काम शुरु गरिएको सर्भिस फर पिस नेपालका फिल्ड संयोजक अर्जुन कुमार श्रेष्ठले बताउनु भयो ।


No description available.No description available.No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्