धादिङमा बन्दको पुर्ण प्रभाव परेको छ ।धादिङबेसीबाट छुट्ने यातायातका साधन पुर्ण रुपमा ठप्प रहेको छ भने धादिङबेसी बजार क्षेत्रका अधिंकाश पसलहरु बन्द रहेका छन्।पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण यात्रुहरुले भने सास्ती पाएका छन् ।
धादिङबेसी लगायत राजमार्ग क्षेत्रमा सुरक्षाकर्मीहरूको तैनाथी बढाइएको छ।बन्दको क्रममा कुनै अप्रिय घटना हुन नदिनको लागि धादिङ प्रहरीले सुरक्षा सर्तकता बढाएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।