अर्घाखाँची, २१ मंसिर
नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष नेपाली कांग्रेसका नेता डा. मुक्ति श्रेष्ठले पार्टीको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।
अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित डा. श्रेष्ठले जनजाति काेटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए ।
श्रेष्ठले काेभिड तथा अन्य समयमा अर्घाखाँचीका विभिन्न संघ संस्थाहरुलाई स्वास्थ्य सामग्री प्रदान गर्दै आएका छन् । श्रेष्ठले महाधिवेशन प्रतिनिधिमा अर्घाखाँचीबाट (जनजाति तर्फबाट) सर्वाधिक मत प्राप्त गरि विजयी भएका थिए ।