ट्राफिक कारबाहीमा परेका चालकले तत्काल जरिबाना तिरी कागजपत्र लिन सकिने

ट्राफिक कारबाहीमा परेका चालकले तत्काल जरिबाना तिरी कागजपत्र लिन सकिने भएको छ ।नयाँ व्यवस्था अनुसार काठमाण्डौ उपत्यकामा अब ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा परेका चालकले कारबाहीमा परेका चालकले तत्कालै जरिबाना तिरेर कागजपत्र लैजान पाउने भएका छन्।

आज एक कार्यक्रमका बीचमहानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले प्रविधिमा आधारित “पे फाइन अन द स्पोर्ट (इन्स्ट्यान्ट पेमेन्ट सिस्टम”व्यवस्थाको सुरुवात गर्नुभएको हो ।

उहाँले महाशाखाको सेवालाई थप प्रविधिमैत्री र व्यवस्थित बनाउन यस्तो व्यवस्था ल्याइएको बताउनु भयो । यसअघि कारबाहीमा परेका चालकले २४ घण्टे पुर्जीबापत नियमानुसार जरिबाना तिर्नुपर्ने व्यवस्था थियो ।

एसएसपी भट्टराईले ट्राफिक सेवा आधुनिक तथा प्रविधियुक्त हुँदै गएको बताउनु भएको छ । उहाँले चिट काटेपछि जरिबाना तिरेर ट्राफिक कार्यालयमा गइ कागजात फिर्ता लिने व्यवस्थामा परिमार्जन गरेर थप सहज बनाउन यस प्रणालीको सुरु गरिएको बताउनु भयो ।

पहिलो चरणमा गौशाला, दरबारमार्ग, थापाथली, जावलाखेल र जनसेवा गरी पाँच वटा ट्राफिक कार्यालयबाट सुरु गरिएको यो सेवालाई बिस्तारै अन्य कार्यालयमा समेत विस्तार गरिने महाशाखाले जनाएको छ ।

जाँडरक्सी खाएर गाडी चलाएको, लेन अनुशासन पालना नगरेको र राति बत्ती उल्लङ्घन गरेका चालकहरुले भने ट्राफिक जनचेतनामूलक प्रशिक्षण लिएपछि महाशाखाबाट मात्र आफ्नो कागजात फिर्ता लिन सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्