धादिङ अस्पतालमा हाइड्रोसिलको निःशुल्क अप्रेसन हुने

धादिङ अस्पतालमा (हाइड्रोसिल) को निःशुल्क शल्यक्रिया हुने भएको छ। नेपाल सरकारले (हाइड्रोशिल)हात्तिपाइले रोगलाई सन २०३० सम्म निर्मुल गर्ने कार्यक्रम अन्तरगत धादिङ अस्पतालमा हात्तीपाइले वा अन्य कारणले अन्डकोष सुन्निने समस्या (हाइड्रोसिल) को शल्यक्रिया निःशुल्क हुने भएको हो।

शुक्रबार जिल्ला अस्पताल धादिङले हाईड्रोशिल अप्रेशन कार्यक्रम सम्बन्धी पत्रकार तथा सरोकारवाला निकायहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी जिल्लामा हाइड्रोशिल समस्याबाट ग्रसित बिरामीहरुलाई निशुल्क हाइड्रोशिल शल्यक्रिया गर्ने, निशुल्क औषधि वितरण गर्ने र शल्यक्रिया पश्चात जटिलता देखिएको खण्डमा निशुल्क उपचार गर्ने जानकारी गराएको हो।

अस्पतालका अध्यक्ष महेन्द्र धमालाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झा,जनरल सर्जन शंकरराज लामिछाने, नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक बिष्णु प्रसाद रिजाल,स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जर्नादन सिलवाल,सञ्चारकर्मी,स्वास्थ्यकर्मी लगाएतको सहभागिता रहेको थियो।

No description available.

यो वर्ष धादिङ अस्पतालमा चालु आर्थिक वर्षको जेष्ठ महिनासम्म ४० देखि ४५ जनाको निःशुल्क शल्यक्रिया गरिने तय भएको अस्पतालका सुचना अधिकारी विक्रम वि.कले जानकारी दिनुुभयो ।जिल्लाको केही पालिकाहरुमा हाइड्रोशिलको बिरामीहरुको समस्या भएको भनेर देखिएकाले छिट्टै त्रिपुरासुन्दरी र ज्वालामुखी गाउँपालिकामा एक बिशेषज्ञ चिकित्सक लगेर स्क्रिनिङ(जाँच) कार्यक्रम राख्ने वि.कले बताउनुभयो।

हाइड्रोशिलका बिरामीहरुलाई अस्पतालसम्म निशुल्क उपचार लिन÷ल्याउनको बापत सहयोग, खबर अथवा जाँच गरीदिए बापत सम्बन्धित पालिकाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वयमसेविकाहरुलाई प्रति बिरामी एकसय संचार खर्च समेत धादिङ अस्पतालले प्रदान गर्ने सुचना अधिकारी वि.कले बताउनुुभयो ।

यो कार्यक्रम विगतका वर्षमा पनि आएको थियो तर कोभिड संक्रमणको कारण संचालन हुन सकेको थिएन। विगतका वर्षमा हाइड्रोशिल अप्रेशन गर्ने विशेषज्ञ चिकित्सक नहुँदा दुईदिन शिविर राखेर सबैलाई खबर गर्नुपर्ने अवस्था थियो तर अब धादिङ अस्पतालमा नै कन्सल्टेन्ट जनरल सर्जन कार्यरत भएकाले नियमित रुपमा संचालन हुने सुचना अधिकारी वि.कको भनाई छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.त्रिभुवनचन्द्र झाका अनुसार पुरुषको अन्डकोषमा पानी भरिएर ठूलो हुने हाइड्रोसिलको ९० प्रतिशत समस्या हात्तीपाइले रोगका जीवाणु फाइरेरियासिसका कारण हुन्छ। हात्तीपाइलेका कारण हातखुट्टा सुन्निएर हात्तीको जस्तो हुने, हाइड्रोसिल हुनेजस्ता समस्या देखिन्छ।हाइड्रोसिलको शल्यक्रिया गरेर समस्या घटाउन सकिने डा.झाले बताउनुभयो।

No description available.

अण्डकोष सुन्निएको सबै हाइड्रोसिल नहुने तर देख्दा हाईड्रोसिल जस्तै देखिने समस्या हर्नियाको पनि हुने उहाँको भनाई छ।नेपाल सरकारले अहिले हाईड्रोशिलको मात्रै अप्रेशन गर्न कार्यविधि पठाएकोले हर्नियाको भने तोकिएको शुल्क लाग्ने डा.झाले बताउनुभयो।चिकित्सकीय हिसाबले सामान्य शल्यक्रिया मानिए पनि थुपै पुरुषले यो समस्या लुकाएर हिँडडुल गर्नसमेत अप्ठेरो भोग्दै आएका छन्। देशभर १ लाखभन्दा बढी हाइड्रोसिलका बिरामी भएको सरकारी तथ्यांक छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्