एकिकृत पाठ्यक्रम कक्षा १–३ र सक्षमतामा आधारित पाठ्यक्रम कक्षा ६–८को प्रबोधिकरण तथा बिद्यार्थी मुल्यांकन प्रक्रिया सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ ।गजुरी गाउँपालिका वडा नं ७ को आयोजना तथा प्रयास नेपाल धादिङको सहयोगमा शनिबारदेखी सुरु भएको अभिमुखिकरण आईतबार समपन्न भएको हो।
अचने माध्यमिक बिद्यालयका शिक्षक नवराज पाठकले अभिमुखिकरणमा पाठ्यक्रम प्रारुप २०७६, सिकाई सहजिकरण प्रक्रिया, पाठ्यपुस्तकको परिचय र प्रयोग, गणित बिषयको पाठ्यक्रम, बिद्यार्थी मुल्यांकन र पृष्ठपोषण लगाएतका बिषयमा सहजिकरण गर्नु भएको कार्यक्रम संयोजक सहदेब पण्डितले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बालबालिकाहरुलाई बोध सहितको सिकाईको लागि सिक्ने वातावरण तयारी र बाल मैत्री शिक्षण विधि,सिकाई उपलब्धि बढाउन बालबालिका अभिभावक,बालबालिका र शिक्षक तथा अभिभावक र शिक्षक बिचको समन्वय तथा सहकार्य र बिद्यार्थीहरुको बोध सहितको सिकाईका बाधकहरु पहिचान गरि समाधान गर्न प्रधानाध्यापक तथा शिक्षकहरु भुमिका र बाल विकास कक्षा व्यवस्थापनका विविध पक्षको बारेमा सहजिकरण गर्नु भएको थियो ।
गजुरी गाउँपालिका–७ को अध्यक्ष केशव अधिकारीको आतिथ्यतामा संचालन भएको अभिमुखिकरणमा वडा नं. ७ का ७ वटै बिद्यालयका प्रधानाध्यापक र शिक्षकहरू सहित ४३ जनाको सहभागी रहेको थियो ।कार्यक्रममा सहभागी किराञ्चोक मा.विका प्रधानाध्यापक दिपेन्द्र भण्डारी , शंकर बस्नेत, भगवती खतिवडा लगायतका २ दिने कार्यक्रमले आगामी दिनमा कक्षा शिक्षणलाई बिद्यार्थी केन्द्रित गरेर प्रभावकारी रुपमा शिक्षण गर्न राम्रो सीप हाँसिल विकास बताउनु भएको छ ।
अभिकुखिकरण कार्यक्रमका अध्यक्ष एवम् वडा नं. ७ का अध्यक्ष अधिकारीले वडा भित्रको शिक्षाको गुणस्तर अभिबृद्धि गर्न वडा कार्यालयले बिभिन्न सामाजिक संघ संस्थासँगको समन्वयमा शिक्षकहरु सिप तथा क्षमता विकासका कार्यक्रम संचालन गरेको र आगामी दिनमा अभिभावक शिक्षा कार्यक्रम अभियानको रुपमा संचालन गर्न लागिएको बताउनुभएको किराञ्चोकबाट सामाजिक परिचालक कपिलदेब सापकोटाले जानकारी दिनुभयो ।