दमाईछाप बाल विकास भवनको उद्घाटन तथा न्यानो कपडा वितरण

धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ४ बोरेमा निर्माण सम्पन्न भएको दमाईछाँप बाल विकास भवनको  उद्घाटन गरीएको छ ।निर्माण सम्पन्न भएको भनवको सोमबार एक कार्यक्रमका बिच उद्घाटन गरीएको हो ।नेत्रावती बाल शिक्षा प्रबद्र्धन परियोजना अन्तर्गत निर्माण गरिएको २ कोठे ट्रस भवन गाउपालिका र Nepal Inzlingen को सहयोगमा आईसिडिसी नेपाल धादिङ मार्फत निर्माण सम्पन्न गरीएको हो ।

No description available.

आईसिडिसी नेपालका कार्यसमिति सदस्य बलराम लम्सालको अध्यक्षता तथा नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्ष दुर्ग कुमार शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा सुचना अधिकारी कृष्णबद्री पौडेल,वडा न४ का वडा अध्यक्ष तिल बहादुर गुरुङ लगायतको आतिथ्य रहको थियो।

No description available.

कार्यक्रममा २५ जना विद्यार्थीहरुलाई स्कुल झोला,कापी,ट्रयाकसुट,टोपि,जुत्ता मोजा वितरण गरिएको आईसिडिसी नेपालका मनोपरामर्शकर्ता राजन दुवाडीले जानकारी दिनुभयो । कार्यक्रम बारेमा संस्थाका कार्यक्रम व्यवस्थापक बिनोद रिजालले जानकारी गराउनु भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्