धादिङ अस्पतालमा भएको रक्तदान कार्यक्रममा ३८ जनाले गरे रक्तदान

धादिङ,२५ मंसिर ।
धादिङ अस्पताल धादिङको ४६ औँ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

धादिङ अस्पताल धादिङको आयोजना, धादिङ सोसियल भोलेन्टियर नेपालको सहयोजना तथा सामाजिक रुपान्तरणको लागि स्थानीय प्रयास नेपालको सहकार्यमा भएको रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले बताउनुभयो । जस्मा १३ जना महिला र २५ जना पुरुष रहेका छन् ।

धादिङ अस्पताल परिसरमा बिहान ८ बजेदेखि दिउसो २ बजेसम्म भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्