काठमाडौँ,२८ मंसिर ।
संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग निष्क्रियको पत्र दिएपछि महासचिव डा. भरतराज गौतमको राजीनामा माग भइरहँदा सचिव घिमिरेले राजीनामा दिएका हुन् ।
घिमिरेले मंगलबार सचिवालयका महासचिव गौतमसमक्ष राजिनामा दिएका थिए । बुधबार राजीनामा स्वीकृत भएको हो ।