उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सरकारी निवास सरेका छन् । उनी आज निजी निवासबाट हरिहरभवनस्थित सरकारी निवासमा सरेका हुन् ।
बिहीवार सरकारी निवास प्रवेश गर्दा मन्त्री रविले सुुरक्षाकर्मीबाट सलामी लिएका छन् । रविले सलामी लिएको तस्वीरमा पिर्का देखिँदैन । यसअघि सलामी लिँदा मन्त्रीहरू पिर्कामाथि उभिएको देखिन्थ्यो । पिर्कामा सलामी लिँदा कतिपय मन्त्रीको आलोचना समेत भएको थियो ।