धादिङ,१५ फागुन ।
२५ औँ स्वास्थ्य सेवा दिवसको अवसरमा २० जनाले रक्तदान गरेका छन् ।
सोमबार धादिङ अस्पतालको आयोजनामा अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा १२ जना पुरुष र ८ जना महिला गरि २० जनाले रक्तदान गरको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बिहान १० बजेदेखि दिउसो ४ बजेसम्म भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।