हिमाल बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवसमा रक्तदान कार्यक्रम हुँदै

धादिङ,२४ फागुन ।
हिमाल बचत तथा ऋण सहकारी संस्थाको २२ औँ स्थापना दिवसको अवसरमा फागुन २९ गते रक्तदान कार्यक्रम हुने भएको छ । अस्पताल परिसरमा फागुन २९ गते सोमबार विहान ८ बजेदखि ३ बजेसम्म रक्तदान कार्यक्रम हुने आयोजकले जनाएको छ ।

हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधि सहयोग कार्यक्रम हुने भएको हो । कार्यक्रममा सक्रिय सहभागिताका साथै रक्तदान गरी सहयोग गरिदिनहुन आयोजकले अपील गरेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्