गजुरी गाउँपालिकामा सयपत्री फूल खेति सम्बन्धि एक दिने तालिम संचालन

धादिङ,१८ असार ।
गजुरी गाउँपालिकामा सयपत्री फूल खेति सम्बन्धि एक दिने तालिम संचालन गरिएको छ । गजुरी गाउँपालिका कृषि शाखा र पुष्प विकास केन्द्र गोदावरी, ललितपुरको संयुक्त आयोजनामा सयपत्री फूल खेति सम्बन्धि तालिम संचालन गरिएकोे हो ।

गाउँपालिकामा हुने विभिन्न कार्यक्रमहरु खादा विष्तापित गर्ने र पुष्पमा आत्मनिर्भर बनाउने उद्धेश्यले तालिमको आयोजना गरिएको गाउँपालिकाका कृषि प्राविधिक सर्मिला सुवेदीले बताउनुभयो ।

सयपत्री फुल खेती कसरी गर्ने, सयपत्री फुलका जात, नर्सरी, बिरुवा उत्पादन र माला बनाउने लयागत विषयमा तालिम दिइएको सुवेदीले बताउनुभयो ।

तालिममा गाउँपालिकाको वडा नं १ अन्तरगत कंकालीनी महिला कृषक समुह, सिद्धेश्वर महिला कृषक समुह, रिशेश्वर महिला कृषक समुह र अन्य व्यवसायिक फुल खेति गर्ने ३५ जना कृषकहरुको सहभागिता रहेको थियो ।

तालिममा पुष्प विकास केन्द्र गोदावरीका वरिष्ठ बागबानी विकास अधिकृत सृजना न्युपाने, बागबानी विकास अधिकृत देवकी पाठक र सुमन्त पोखरेलले तालिमको सहजीकरण गर्नुभएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्