प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो गिरावट

प्रि ओपन सेसनमा नेप्से सूचक ०.६५ विन्दुले घटेको छ । यससँगै सूचक २०६५.४० अंकमा आएको छ ।

६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १९ कम्पनीको ३३ सय ४६ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल ७१ पटक सेयर कारोबार भएको हो । ६ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्