निःशुल्क रक्तसञ्चार कोषमा रु ५२ लाख सङ्कलन

त्रिशूली (नुवाकोट), ३१ भदौ
नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाले निःशुल्क रक्त सेवा सञ्चालनका लागि सुरु गरेको आर्थिक सहयोग अभियानमा रु ५२ लाख सङ्कलन गरेको छ । रेडक्रस जिल्ला शाखाका सभापति हरि श्रेष्ठको अनुसार रु एक करोड पु¥याउने अभियान अन्तर्गत विसं २०८० भदौ १९ को घोषणा पश्चात एक वर्षमा रु ५२ लाख ४७ हजार कोषमा जम्मा भएको हो ।

“नुवाकोट रेडक्रसमार्फत सञ्चालित रक्त सञ्चार सेवा केन्द्रको दिगो सञ्चालन र प्रभावकारी व्यवस्थापनसहित निःशुल्क रगत उपलब्ध गराउन स्थापना गरिएको रु एक करोडको कोष स्थापनामा दाताबाट सहयोग प्राप्त हुने क्रम जारी छ”, उहाँले भन्नुभयो, “सहयोग उपलब्ध गराउने भनेर प्राप्त प्रतिबद्धता र जारी अभियानका गतिविधिमार्फत कोषको लक्ष्यअनुसार अपुग रकम अबको एक वर्षभित्र पूरा गर्न सक्छौँ भन्ने विश्वास छ ।”

रेडक्रसले सङ्कलन गरेको सहयोग रकममा नुवाकोट र रसुवाको स्थानीयतह र आफ्ना सदस्यहरु मुख्य स्रोतको रुपमा रहेका छन् । योसँगै विभिन्न स्थानमा आयोजित रक्तदान, धार्मिक तथा सांस्कृतिक गतिविधि, चाडपर्व, मेला–महोत्सवमा सहयोग जुटाइने गरिएको रेडक्रस कार्यालयका प्रमुख समुन्द्रबाबु अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अुनसार दातामार्फत निःशुल्क सङ्कलन गरिएको रगत निःशुल्क नै उपलब्ध गराउनुपर्ने भए पनि रगत व्यवस्थापनको लागि आवश्यक सामग्रीको शुल्क समावेश गर्दा प्रतियुनिट न्यूनतम एक हजार हाराहारी पर्दछ । “ब्लड ब्याग, ब्लड ट्रान्सफ्युजन सेट, सुरक्षित भण्डारणका लागि रसायनको प्रयोग, क्रसम्याच लगायतमा हुने खर्चको लागि शुल्क लाग्ने गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्