लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा रक्तदान

धादिङबेशी । लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा शहीद मेमोरियल अस्पताल धादिङ र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको प्राविधिक सहयोगमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा १८ महिला र ५५ पुरुषसहित ७३ जनाले रक्तदान गरेका छन्। लायन्स क्लब अध्यक्ष लायन बद्री अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुङ्गाना प्रमुख अतिथि रहेका थिए।

त्यस अवसरमा लायन्स ३२५ आई का ५ नम्बर चियर्स पर्सन कृष्ण बद्री पौडेल, नेपाल नगरपालिका संघका सल्लाहकार सरोज अधिकारी, नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका सभापति दुर्लभ कुमार तामाङ, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी, १२ नम्बर जोन चियर्स पर्सन कृष्णप्रसाद ढकाल (शिशिर), लायन्स क्लब सुर्यमुखीका अध्यक्ष विक्रम बिक, जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख जितेन्द्र कुमार शाह, आयुर्वेद चिकित्सालय धादिङका प्रमुख डा. अमुल्य दाहाललगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्