सगरमाथा र लोत्से आरोहण गर्ने पहिलो टोली बन्यो चिनियाँ आरोही सी जुन्जीको टोली

काठमाडौँ, ४ जेठ
 चिनियाँ आरोही सी जुन्जीको टोली यस याममा विश्वको सर्वोच्च शिखर सगरमाथा र लोत्सेको सफल आरोहण गर्ने पहिलो टोली बनेको छ ।
गत बिहीबार ९मे १४० को बिहान ८ः५६ बजे सगरमाथाको सफल आरोहण गरेको चिनियाँ आरोही सी जुन्जीको टोलीले आज बिहान ११ः२५ बजे लोत्सेको सफल आरोहण गरेसँगै दुवै हिमाल चढ्ने पहिलो टोली बनेको हो ।
उक्त टोलीमा नेपाली गाइड निङ्मा दोर्जे तामाङ र दावा नुरु शेर्पा हुनुहुन्छ ।
हिमालयन माउन्टेरियरिङ एक्सपिडिसनमार्फत सगरमाथाको सफल आरोहण गरेको उक्त टोली क्याम्प २ झरेर पुनः लोत्सेको सफल आरोहण गरेको हो । उक्त टोली ‘रोप फिक्सिङ’ टोलीपछि सगरमाथा चुचुरो पहिलोपटक पुगेको थियो ।
एक्सपिडिसनका सञ्चालक उत्सव पाठक ९८८४८।८६० मिटर उचाइको सगरमाथा र ९८५१६० मिटर उचाइको लोत्से आरोहण गर्ने पहिलो टोली बनेको बताउनुभयो ।
सामान्यतया सगरमाथा चढेपछि आरोहीहरु क्याम्प ४ मै बसेर लोत्से आरोहण गर्ने भए पनि उक्त टोली भने क्याम्प २ मा झरेर पुनः लोत्सेको आरोहण गरेको हो । हिमालयन माउन्टेरियरिङ एक्सपिडिसनमार्फत हाल सगरमाथामा ६ जना र सगरमाथा तथा लोत्सेमा तीन जनाको टोली आरोहणका लागि गएको छ ।
साथै, हिमाल आरोही कामिरिता शेर्पाले आइतबार बिहान ३२औँ पटक सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान बनाउनुभएको छ भने महिला आरोही लाक्पा शेर्पाले पनि ११औँ पटक सगरमाथा आरोहण गर्नुभएको गरेर आफ्नै रेकर्ड तोड्नुभएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्