सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ, २९ जेठ
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु पाँच हजार ३०० र चाँदी रु १९० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ९२ हजार कायम भएको छ । एक तोला चाँदीको मूल्य रु चार हजार ८४० निर्धारण भएको छ ।

हिजो एक तोला सुन रु दुई लाख ८६ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ६५० मा कारोबार भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्