धादिङमा काग्रेसको महाधिबेशन : ५ गते वडा,७ गते पालिका र १० गते क्षेत्रको हुँदै

धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ जिल्लामा हुने विभिन्न तहका अधिवेशनको कार्यतालिका सार्वजनिक भएको छ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति धादिङको बैठकले केन्द्रीय निर्वाचन प्रतिनिधि विश्वास आचार्यसँगको परामर्शमा वडा, गाउँपालिका तथा नगरपालिका, प्रदेशसभा क्षेत्र र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको मिति निर्धारण गरेको हो।

सार्वजनिक कार्यतालिकाअनुसार जिल्लाका सबै वडाको अधिवेशन असोज ५ गते हुनेछ। गाउँपालिका तथा नगरपालिका अधिवेशन असोज ७ गतेका लागि तय गरिएको छ।

त्यसैगरी, प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते सम्पन्न हुनेछन्। जिल्ला कार्यसमितिको निर्णयअनुसार सम्बन्धित तहका अधिवेशन निर्धारित मितिमै सम्पन्न गरिने जनाइएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्