विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन गर्न धादिङको नीलकण्ठ नगरपालिका र गोरखाको गोरखा नगरपालिका बीच भगिनी सम्बन्ध स्थापना गरिएको छ । बिहिबार धादिङको नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगाना र गोरखा नगरपालिकाका मेयर राजनराज पन्त बिच सम्झौता पत्रमा हस्ताक्षर गरि औपचारिक रुपमा भगिनी सम्बन्ध स्थापना भएको घोषणा गरिएक हो ।
विपद्को पुर्व तयारी,प्रतिकार्य योजना,पुर्नलाभ,पुर्नस्थापना र पुर्ननिमार्ण लगायत क्षेत्रमा सँगसँगै मिलेर अघि बढ्ने प्रतिबद्धता सहित औपचारिक रुपमा घोषणा गरिएको हो ।विप्द जोखिम व्यावस्थापन परियोजना तयार नेपालले आयोजना गरेको तिनदिने विपद् जोखिम न्युनीकरण तथा व्यावस्थापन स्थानीयकरण तालिम समारोहको अवसरमा द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरिएको विपद फोकल पर्सन तथा जनस्वास्थ्य अधिकृत विष्णु प्रसाद रिजालले जानकारी दिनुभयो ।
तिन दिने तालिम समारोहमा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाले विपद् जोखिम न्युनीकरण तथा व्यावस्थापनको क्षेत्रमा नीलकण्ठ नगरपालिको विभिन्न ऐन,नियम तथा कार्यक्रमहरु सन्चालन गरिरहेको बताउनुभयो ।विपद् न्युनीकरण तथा व्यावस्थापनको क्षेत्रमा गोरखाको गोरखा नगरपालिका र धादिङको नीलकण्ठ नगरपालिकाबीच सिकाई आदान प्रदान गरी अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
यसैगरी गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले धादिङको नीलकण्ठ नगरपालिकाले विपद्को क्षेत्रका धेरै राम्रो काम गरीरहेको भन्दै अब एक आपसमा सिकाई आदान प्रदान गरेर विकासका योजनाहरु सन्चालन गर्ने बताउनुभयो ।तिन दिन सम्म सन्चालन भएको तालिममा नीलकण्ठ नगरपालिकाका वडा अध्यक्ष,कार्यपालिका सदस्य,कर्मचारी लगायत गोरखा नगरपालिकाबाट मेयर,प्रमुख प्रशासकीय अधिकृत,सामाजिक विकास अधिकृत,विपद् फोकल पर्सन लगायतको सहभागिता रहेको थियो ।तालिममा विपद रोकनाथ तथा व्यावस्थापनको लागि नगरपालिकाले गर्नुपर्ने कामहरुको बारेमा छलफल गरी मेयर ढुंगानालाई हस्तान्तरण गरिएको छ ।
विपद्को पुर्वतयारी,प्रतिकार्य योजना,पुर्नलाभ,पुर्ननिमार्ण लगायतको क्षेत्रमा नगरपालिको गर्नुपर्ने काम र योजनाहरुका विषयमा समुहगत अभ्यास गरीएको तयार नेपालका सुधा रिमालले जानकारी दिनुभयो । तिन दिन सम्म सन्चालन भएको तालिममा प्रशिक्षकहरु संगिता राना,कृष्णा कार्की,विनोद बराई लगायतले सहजिकरण गर्नुभएको थियो ।