नेकपा एमाले ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा राजेश अधिकारी चयन हुनु भएको छ ।
बिहिबार ज्वालामुखी गाउँपालिका वडा नं ३ स्थित समिभञ्ज्याङमा सम्पन्न एमाले ज्वालामुखी गाउँपालिकाको प्रथम अधिवेशनबाट अधिकारीको अध्यक्षतामा ७५ सदस्यीय गाउँपालिका स्तरिय कमिटि सर्वसम्मत गठन गरिएको छ।
कमिटिको उपाध्यक्षमा मोहन कुमार श्रेष्ठ,सचिवमा रुद्रमान श्रेष्ठ, सह सचिवमा निर्मला सामरी,गंगा बहादुर अधिकारी चयन भएका छन् ।
केहि समय अघि गठित कार्यदलको सिफारिसमा बिहिबार नेकपा एमालेका धादिङ जिल्ला ईन्चार्ज खेम प्रसाद लोहनी तथा सह इन्चार्ज जानुका सिम्खडाको बिशेष उपस्थितिमा पालिका स्तरिय कमिटि घोषणा गरिएको हो।
साथै कार्यक्रम कै अवसरमा धादिङ बाट नेकपा एमालेको केन्द्रीय कमिटीमा नवनिर्वाचित नेताद्धय जिल्ला ईन्चार्ज लोहनी र सह इन्चार्ज सिम्डालाई स्वागत तथा बधाई ज्ञापन समेत गरिएको थियो ।फाईल तस्विर