धादिङको सिद्धलेक गाउँपालिकाले चक्रकाली आमा समुहलाई दुना–टपरी बनाउने विद्युतीय मेसिन सहयोग गरेको छ। वडा नम्बर ४ मा रहेको आमा समुहलाई आत्मनिर्भर बनाउन र आयआर्जनमा सघाउ पु¥याउने उदेश्यले मेसिन सहयोग गरीएको वडा नम्बर ४ का वडा अध्यक्ष रामहरी बराकोटीले जानकारी दिनुभयो ।
वनमा खेर गइरहेको पातको प्रयोगबाट दुना–टपरी उत्पादन गरी महिलाहरुलाई उधमशिल बनाउन सघाउ पुगोस् भन्ने उद्धेश्यले ढुना टपरी बनाउने विद्युतीय मेसिन सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले बताउनु भएको छ ।दिउँसो बस्तुभाउँ चराउन जंगल जादाको समय व्यवस्थापन गर्न सकिए आयआर्जन गर्न सकिने भन्दै सिलवालले महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले यस्तो कार्यक्रम ल्याएको समेत बताउनुभयो।
उद्योगबाट उत्पादित दुना टपरीहरु मलेखु र धादिङबेसी बजारमा विक्री गर्न सकिने गाउँपालिकाका उपाध्यक्ष कमला शर्मा(अधिकारी)ले बताउनुभयो ।महिला शसक्तिकरण र महिला हिंसा रोक्नको लागि महिलाहलाई आर्थिक सँग जोड्नपर्ने भन्दै गाउँपालिकाले आयआर्जनको कार्यक्रम सन्चालन गरीरहेको उपाध्यक्ष शर्माले बताउनुभयो। यसैगरी कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माले गाउँपालिकाले आयआर्जन र सिप मुलक कार्यक्रम सन्चालन गरीरहेको भन्दै मेसिनको सहि प्रयोगको लागि ध्यान दिनको लागि आग्रह गर्नुभएको छ ।
चक्रकाली आमा समुहका अध्यक्ष होमकुमारी थापामगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालको प्रमुख आतिथ्य रहेको थियो ।
गाउँपालिकाका उपाध्यक्ष कमला शर्मा अधिकारी र प्रमुख प्रशासकीय अधिृकत नन्दलाल शर्मको विशेष आतिथ्य रहेको कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष रामहरी बराकोटी,शाखा प्रमुख लगायत वडा सदस्यहरुको आतिथ्य रहेको थियो ।उक्त मेसिनबाट उत्पादन गरीएको दुना–टपरी पुजा,विवाह ,छेवार लगायत ठुला मेला महोत्सवमा प्रयोग गरिने आमा समुहका अध्यक्ष होमकुमारी थापामगरले बताउनु भएको छ।