थाहा पाउनुहाेस् तपाईंकाे आजको राशिफल

२६, पुस साेमबार । तद्नुसार १० जनवरी २०२२ । पौषशुक्लपक्ष अष्ठमी तिथि,( गोरखकाली पूजा)  वव करण, रेवती नक्षत्र, शिव योग र चन्द्रमा मीन राशिमा छ । आज सूर्योदय ६ः ५८ र सूर्यास्त १७ः२५ मा हुनेछ । बिहान ८ः१५ देखि ०९ः३४ सम्म राहुकाल रहेको छ भने ११ः५१ देखि १२ः३३ सम्म अभिजित मुहूर्त रहेको छ । शास्त्रीय नियमअनुसार राहुकाल भएको समयमा कुनै पनि शुभ काम नगर्नुहोला । आजको देवता मित्र र ग्रहदेव मित्र रहेको छ । त्यसैले आजको दिन शुभ मानिन्छ ।  

सोमबारका दिन शिवको ध्यान साधना गर्ने विशेष दिन हो ।

आजको राशिफल 

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : अर्थलाभ हुनेछ । व्यापारव्यवसायबाट सोचेभन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा समेत सुख प्राप्त हुनेछ । स्वास्थ्यमा समस्या हुनसक्छ त्यसैले ध्यान दिनु होला ।  

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : विगतमा गरेको कामबाट धनलाभ हुनेछ । मनमा प्रसन्नता छाउने छ । आजको दिन तपाईंलाई मानसम्मान गर्नेछन् । आयभन्दा व्ययबढी हुने भएकाले सोचपूर्वक खर्च गर्ने गर्नुहोला । आजको दिन मौन रहनु तपाईंका लागि शुभ हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको समय र दिन अनुकुल  छ । नयाँ बस्त्र, आभुषण र परिवार, दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ। व्यापारमा तपाईंले सोचेभन्दा बढी फाइदा हुनेछ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । तपाईंलाई मानसम्मान मिल्नेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन तपाईंको मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ ।  कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईंका लागि हानि हुनेछ । यात्रा गर्दा पनि अनेक समस्या आउनसक्छ ।  

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा उपलब्धी हुनसक्छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ त्यसैले आजको दिन कम बोल्नु र मौन रहनु नै बुद्धिमानी हुनेछ । सिंह राशिका पुरुष जातकका लागि स्त्रिकाे सहयोगबाट काम गर्दा सफल हुने देखिन्छ ।  

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : आजको दिन शुभ रहेको छ । तपाईंले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला । आजको दिन कसैसँग विवाद नगर्नु नै बेस हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : तपाईंले आजको दिन सुरु गरेको काम सफल हुनेछ । ब्यापारमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । अनावश्यक खर्च हुने सम्भावना छ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले तपाईंलाई मनमा उर्जा थप गर्नेछ । आजको दिन सत्पात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ ।  

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आजको दिन विश्चिक राशिका जातकले स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन आम्दानीभन्दा बढी खर्च हुनेछ । अनावश्यक यात्राका लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा तपाईंको भलो हुनेछ । त्यसैले आज नियमित कामबाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : तपाईंले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ । ग्रह बलिया भएका छन् । त्यसैले आजको दिन तपाईंले सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । त्यसैले आजको दिन विहान कन्यालाई दान र केही भोजन दिनु भयो भने दिन सफल हुनेछ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :  विगतमा गरेको सामाजिक कामबाट मानसम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा प्रसन्नता छाउने छ । आजको दिन शिवालय र देवालयको यात्राले मनमा हर्ष छाउनेछ । आर्थिक बृद्धि हुने सम्भावना छ । कसैलाई सापटी दिनुभएको दिन पनि प्राप्त हुनसक्छ । शिवालयको ध्यान साधना गर्नुहोला ।   

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : मनमा प्रसन्नता छाउने छ । आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला ।  प्राप्त गरेको धनलाई केही मात्रामा भए पनि अध्यात्मसेवा र सामाजिक कार्यमा लगाउनुभयो भने मनमा सन्तोष मिल्नेछ ।  

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : आजको दिन धनलाभ हुनेछ । चन्द्रमाको साथ रहेको छ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ । आजको दिन कम बोल्ने धेरै मौन रहने गर्दा तपाईंलाई फाइदा हुनसक्छ । शिवालयको यात्रा र अध्ययन अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ । सिर्जनात्मक काममा ध्यान दिनुहोला ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्